रौतहट/
जिल्लाको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको ठाउँमा नाताले ज्वाइँ पर्ने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

आइतबार गणित विषयको एसईई परीक्षा परीक्षा चलिरहेको बेला मेयर कानुको सिम्बल नम्बर ३५०३७२८ को प्रवेश पत्रसहित मौलापुर नगरपालिकाको लक्ष्मिनियाँ मावि केन्द्रबाट ज्वाइँ कमल साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका साह गरुडा नगरपालिका–६ का हुन् ।उनलाई प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। अनुसन्धानका क्रममा उनी इन्जिनियरसमेत रहेको पाइएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय