धादिङ /
जिल्लाको धुनिबेशी -७ नौबिसे स्थित निर्वेश्वर महादेव मन्दिर बस्ने ८४ वर्षिय बलराम उप्रेतीलाई बृद्धभत्ता लुट्न कुटपिट पछि हत्या गरेको आरोपमा प्रहरीले स्थानीय ३७ वर्षिय पुरुषोत्तम बाँनियालाई पक्राउ गरेको छ ।
आरोपित बानियाले बृद्ध उप्रेतीसंग भएको नगद लुट्न खोज्दा दुबै बिच झै-झगडा हुँदा पुरुषोत्तम बाँनियाले बृद्धलाई निलडाम हुने गरी कुटपिट गरी भागी फरार भए भने बृद्ध उप्रेतीको उपचारको क्रममा मृत्यु भएको थियो ।


अभियुक्त पुरुषोत्तम बाँनियालाई पक्राउ गरी धादिङ जिल्ला अदालतबाट दिन १० को म्याद थप भई अनुसन्धान कार्य जारी रहेको प्रहरीले बताएको छ ।
