नुवाकोट /
५१ सदस्य केन्द्रीय कमिटी चयन गर्दै क्रान्तिकारी कम्युनिस्ट लिग नेपाल गठन भएको छ। सर्वजीत शर्मालाई महासचिव चयन गर्दै उक्त कम्युनिस्ट लिग गठन गरिएको हो
१३०औं माओ–जयन्तिको अवसरमा राष्ट्रिय जनसरोकार केन्द्र, नेपाल, नेकपा (मालेमा केन्द्र), राष्ट्रिय जनअधिकार पार्टी, नेपाल, राष्ट्रिय समाजवादी पार्टी, नेपालको एकताबाट “क्रान्तिकारी कम्युनिष्ट लीग, नेपाल” को गठन भएको थियो ।


एकता राष्ट्रिय भेलाबाट महासचिव, प्रवक्ता र १७ सदस्यीय पोलिटब्यूरोसहित ५१ सदस्यीय केन्द्रीय समिति गठन भएकोछ । नवगठित केन्द्रीय समितिको काठमाडौंमा सम्पन्न २ दिने बैठकले ऐतिहासिक र महत्वूर्ण निर्णयहरुसहित इतिहासले सुम्पेको महान जिम्मेवरी बोधसहित अग्रमोर्चामा डट्ने प्रतिवद्धता गर्दै बैठक सम्पन्न भएको क्रान्तिकारी कम्युनिस्ट लिग नेपालका पोलिटब्युरो सदस्य राजन तिमल्सिनाले नुवाकोट जागरणलाई बताउनुभयो ।

