नुवाकोट जागरण
२०७९ मंसिर २५, आइतबार
२०७९ मंसिर २५, आइतबार
नुवाकोट /
पोर्चुगललाई पराजित गर्दै मोरक्को पहिलो पटक विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।शनिबार राति कतारको अल थुमामा स्टेडियममा भएको खेलमा मोरक्कोले पोर्चुगललाई एक–शून्य गोलले हराएको हो। मोरक्कोका लागि खेलको ४२ औँ मिनेटमा युसेफ एन–नेसरीले गोल गरे ।पोर्चुगलले केही राम्रा अवसर बनाए पनि गोल गर्न सकेन ।
योसँगै मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।आजै दोस्रो क्वाटर फाइनलमा इङ्गल्यान्ड र फ्रेन्च खेल्दै छन् ।अब मोरक्कोले सेमिफाइनलमा यो खेलको विजेतासँग खेल्नेछ ।

