काठमाडौ /
प्रधानमन्त्री एवम् डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरबहादुर देउवाले चुनावी खर्च निर्वाचन आयोगमा बुझाएका छन्।
देउवाले चुनावी खर्च २६ लाख १२ हजार बुझाएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका प्रमुख करुणाकर अवस्थीले बताए।
२० जना उम्मेदवारमध्ये १४ जनाले अहिलेसम्म खर्च विवरण बुझाएका छन्। ‘खर्च विवरण बुझाउने क्रम जारी नै छ,’ उनले भने।
मंसिर ४ गते सम्पन्न आम निर्वाचन डडेल्धुराका प्रत्यक्षतर्फका २० मध्ये १४ जनाले खर्च विवरण बुझाएका हुन्।
