पोलमा मोटरसाइकल ठोक्किँदा: नुवाकोटका २६ वर्षीय युवकको ज्यान गयो

ताजा समाचार समाचार

नुवाकोट /
टोखा नगरपालिका–६ ग्रिनल्याण्ड नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

गएराति ११ बजे बा ७४ प ५७५९ नम्बरको मोटरसाइल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा चालक नुवाकोट पञ्चकन्या गाउँपालिका–४ का २६ वर्षका सविन कँडेलको मृत्यु भएको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका कँडेलको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार पञ्चकन्या ४ कै २२ वर्षीय सन्देश कार्कीको उपचार ग्राण्डी अस्पतालमा भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *