समानुपातिक अपडेट: एमाले पहिलो, कांग्रेस दोस्रो कुनकुन दलले कटायो थ्रेसहोल्ड

ताजा समाचार समाचार

नुवाकोट /
आज अपराह्न ४ बजे निर्वाचन आयोेगले उपलब्ध गराएको तथ्यांकअनुसार पहिलो नम्बरमा रहेको एमालेले २४ लाख २१ हजार ७ सय ९६ मत प्राप्त गरिसकेको छ। भने दोस्रोमा रहेको नेपाली कांग्रेसले २३ लाख २ हजार ७ सय २६ मत ल्याएको छ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म १० लाख ७ हजार ७ सय २२ मत ल्याएको छ भने चौथो नम्बरमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ८८ हजार ७ सय ४२ मत पाएको छ।

पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख १६ हजार ६ सय ३० समानुपातिक मत ल्याएको छ।

प्रत्यक्षतर्फ पनि सिट जितेका यी पाँच दल राष्ट्रिय दल हुनेमा पक्का भइसकेको छ। यसपटक खसेको मतका आधारमा थ्रेसहोल्ड ३ लाख २० हजार देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *