नुवाकोट /
प्रत्यक्षतर्फको सकेर समानुपातिकको मत गणना गर्ने क्रममा धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फको सिंगै मतपेटिका भेटिएको छ ।मुख्य निर्वाचन अधिकृत, कर्मचारी र उम्मेदवारका प्रतिनिधिहरुकै कमजोरीका कारण प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फको बाक्सा नै गणना गर्न छुटेको हो ।

प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक मत गणना गर्ने क्रममा प्रत्यक्ष तर्फको बाक्सा भेटिएपछि केहिबेर हंगामा नै मच्चिएको थियो ।

खनियाबास गाउँपालिका वडा नम्बर ४ को गणेशकुण्ड मावि मतदान स्थलको ख केन्द्रको मतपेटिका गणनामा छुटेको मुख्य निर्वाचन अधिकृत स्विकृती पराजुलीले बताए ।‘यो मतदान स्थलमा क र ख गरी २ वटा केन्द्र थिए ।(ख) केन्द्रमा रहेको चार सय ५१ मत गणनामै छुट्यो ।रातको समयमा सबैतिरको मतपत्रहरु एकै पटक आउँदा भण्डारमा राख्ने क्रममा प्रत्यक्ष तर्फको मतपेटिका समानुपातिकतर्फ परेको र मतगणना सम्पन्न गर्दा मतपेटिका नगन्नु त्रुटी भएको सत्य हो’, पराजुली स्वीकार गरे ।

मतदाताले मत जाहेर गरेपछि कुनै पनि भुलवस जुनसुकै बाक्सामा परेपनि सदर गर्ने मतगणना पूर्वनै सर्वपक्षीय सहमति भएको छ ।सोहि अनुसार छुटेको मतपेटिका पुनः गणना गरी प्रत्यक्षतर्फका उम्मेदवारको मत थप गरिएको पनि पराजुली बताए ।जसका कारण बिहीबार साँझ भएको मत परिणाम भन्दा शुक्रबार विहान आएको मत परिणामको अन्तर पनि फरक परेको छ ।

धादिङ प्रतिनिधिसभामा कूल एकसय ५५ मतदान केन्द्र रहेकोमा एक सय ५४ वटा केन्द्रको मात्रै गणना भयो तर एउटा बाँकि रहेको कसैले ख्याल गरेनन् ।प्रत्यक्षको मत परिणाम सुनाउनुपूर्व कति बाक्साको मत गणना भयो समेत गनिएन ।कर्मचारी र उम्मेदवारका प्रतिनिधिहरुले पनि वास्ता गरेनन् ।

मतगणना सम्पन्न पश्चात बढि मत ल्याउने उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारीले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका खेम प्रसाद लोहनीको भन्दा १० हजार पाँच सय ३३ मत बढि देखिएपछि विजय उत्सव मनाए ।पछि फेला परेको मतसंख्या भन्दा पहिले नै मतान्तर बढि भएपछि यस विषयले खासै चर्चा पाएन। राजनीतिक दल र उम्मेदवारहरुले मतगणना गर्ने र मतसंख्या सच्याउनेमा सहमती जनाए ।

पछि फेला परेको मत गणना गर्दा नेपाली कांग्रेसका रामनाथ अधिकारीलाई भन्दा नेकपा एमालेका खेम प्रसाद लोहनीलाई १८ मत बढी आएको छ ।अब दुइ उम्मेदवारबीचको मतान्तर १० हजार पाँचसय १५ भएको छ ।khaberpage बाट लिइएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय