नुवाकोट /
जिल्लाको म्यागङ -४ किम्ताङमा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगिता आयोजक जुनियर न्यू लालिगुँरास युवा क्लब किम्ताङले जितेको हो।


मुल बहादुर तामाङको सभापतित्वमा समापन गरिएको उक्त कार्यक्रमको प्रमुख अथितीमा म्यागङ -४ का वडा अध्यक्ष कमल बहादुर तामाङ रहेका थिए भने विशेष अतिथिहरु सोम बहादुर तामाङ र दल बहादुर तामाङ रहेको थियो।
उक्त कार्यक्रमको अन्य अतिथीहरुमा लाल बहादुर लामा र लाल बहादुर गुरुङको उपस्थिती रहेको थियो।
प्रथम हुन सफल न्यु लाली गुराँस युवाले रु २० हजार पुरस्कार हात पारेको छ भने दोस्रो अहिसाबादी खानियाबास युवा क्लबले रु १० हजार तथा तेस्रो द राइजिङ युवा क्लबले रु ५ हजार पुरस्कार प्राप्त गरेको छ।




