नुवाकोट /
जिल्लाको म्यागङ -६ पुरानोपानीमा कन्यास्थान युवा क्लबको आयोजनामा जारी १० औं भंगेरी कपमा आज ३ खेल भएका छन। जस अन्तर्गत रुद्राक्ष विदुर -१२, ग्रीन हेबन माझिगाउँ र द राइजिङ किम्ताङ विजयी बनेका हुन।
बिहान ११ बजे भएको पहिलो खेलमा सामरी युवा क्लबको (B) टिमलाई १ – ० ले पराजित गर्दै रुद्राक्ष बिदुर -१२ विजयी भएको थियो। खेलको म्यान अफ द म्याच रुद्राक्ष बिदुर -१२ का शुरेस कुमार तामाङ घोषित भएका थिए।


दोस्रो खेलमा ग्रीन हेबन माझिगाउले ४ गोल हान्दा आयोजक समेत रहेको कन्या स्थान युवा क्लबले भने खाता समेत खोल्न सकेन। खेलको म्यान अफ द म्याच ग्रीन हेबन माझिगाउका क्षितिज न्यौपाने घोषित भएका छन।
यस्तैगरी आजै भएको तेस्रो तथा अन्तिम पेनाल्टी सुट आउट सम्म पुगेको रोचक खेलमा द राईजिङ किमताङले ४ गोल हान्दा कन्या स्थान युवा क्लबले भने ३ गोल मात्रै गर्न सफल भएको छ।खेलको म्यान अफ द म्याच द राईजिङ किमताङका सुजन तामाङ घोषित भएका छन।
पहिलो चरणको खेल सकिएकोले भोलि कात्तिक ३ गते कुनै खेल नहुने र पर्सि कात्तिक ४ गतेदेखी क्वाटर फाइनलको खेलहरु हुने खेल संयोजक विरबहादुर तामाङले बताए।

