नुवाकोट /
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको संयुक्त प्रतिनिधिको सहभागितामा ‘बाम–लोकतान्त्रिक गठबन्धन जिल्ला निर्वाचन परिचालन समिति–२०७९’ गठन गरिएको हो ।

समितिको संयोजकमा कांग्रेसका राजकुमार थापा र सहसंयोजकमा माओवादी केन्द्रका कल्पना रिमाल रहेका छन् ।

सदस्यमा कांग्रेसबाट श्रीराम श्रेष्ठ, यादवप्रसाद नेपाल, नारायण अधिकारी, गोरेबहादुर मिजार र उद्धव मुडबरी , माओवादी केन्द्रबाट नवीन पुडासैनी, राजकुमार रेग्मी (सन्देश), गोकर्णनाथ न्यौपाने (गजेन्द्र), नारायणप्रसाद नेपाल र बद्री प्याकुरेल रहेका छन्। समितिको सदस्य–सचिवमा समाजवादी पार्टीका भगवान रानामगरलाई जिम्मेवारी दिइएको छ ।

उक्त समितिले गठबन्धन दलहरुको साझा उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन सहयोग गर्न आवश्यक सबै किसिमको स्रोत–साधन परिचालनको जिम्मेवारी तोकिएको छ।

आगामी निर्वाचनको अन्तिम मतपरिणाम नआएसम्म सक्रिय रहने समितिले निर्वाचन जनपरिचालनका लागि सम्बन्धित पार्टी कमिटी, जनवर्गीय सङ्गठन तथा भातृ एवं शुभेच्छुक संस्थाको परिचालन, निर्वाचन प्रचारको कार्यक्रम तालिका र कार्यक्रमको स्वरुप निर्धारण गर्ने जिम्मेवारी तोकिएको छ ।

प्रतिनिधिसभाअन्तर्गत दुई र प्रदेससभाअन्तर्गत चार निर्वाचन क्षेत्र रहेको जिल्लामा कांग्रेस र माओवादी केन्द्रले बराबर सिट सङ्ख्या बाढेर उम्मेदवार उठाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय