नुवाकोट /
जिल्लाको म्यागङ -६ पुरानोपानीमा जारी १० औं भंगेरी कपमा सामरी युवा क्लबले विजयी शुरूवात गरेको छ। आयोजक कन्यास्थान युवा क्लब (A) लाई शुन्यमा रोक्दै विजयी बनेको हो।
खेलको पहिलो हाफमै शुरुवाती अग्रता लिएको सामरीले खेलको अन्तिमसम्म अग्रता कायमै राख्न सफल भएको थियो जस्ले गर्दा १-० को नतिजा हात पारेको हो।


खेलको म्यान अफ द म्याच घोषित भएका जान लिम्बूले जर्सी जितेक छन।
