नुवाकोट /
प्रदेश १, बागमती र लुम्बिनीका केही स्थानमा मंगलबार बिहान हल्का वर्षा भएको छ।
हाल नेपालमा भारतको हरियाणा आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।


त्यसैको प्रभावले आज दिउँसो पनि यी प्रदेश सहित कर्णाली सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति पनि प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा हुने देखिएको छ।
