नुवाकोट /
काठमाडौको तारकेश्वर -९ मनमैजुमा मोटरसाइकल दुर्घटना हुँदा किस्पाङका एक युवकको ज्यान गएको छ ।पैदलयात्रीलाई बचाउने क्रममा अनियन्त्रीत भई दुर्घटना भएको हो ।

आइतबार बिहान करिब ११.३० बजे तिर बा ६३ प ६४६२ नम्बरको मोटरसाइकल
दुर्घटनामा परेर किस्पाङ गाँउपालिका -१ घर भई जरङखु बस्ने बर्ष १६ का रुवाप तामाङको मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडी बसेर यात्रा गरिरहेका तामाङ दुर्घटनामा परी गम्भीर घाइते भएका थिए ।उनको उपचारको क्रममा सामाखुसी स्थीत ग्रिनसीटीमा मृत्यु भएको महानगरीय प्रहरी बृत्त बालाजुका डिएपी रबिन बिष्टले बताए ।

दुर्घटनामा परी मोटरसाइकल चालक रामेछाप जिल्ला रामेछाप नगरपालिका घर भई बालाजु माछापोखरी बस्ने बर्ष १८ को निरज श्रेष्ठ गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएका श्रेष्ठको बिर अस्पताल स्थीत ट्रमा सेन्टरमा उपचार भइरहेको छ।घाइते श्रेष्ठ खतरा मुक्त रहेको बालाजु प्रहरी प्रमुख बिष्टले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय