नुवाकोट /
मेन्दोमाया कलाकार संघ नुवाकोट किर्ती मान तामाङको अध्यक्षतामा गठन भएको छ।
म्हेन्दोमाया कलाकार संघका राष्ट्रिय अध्यक्ष राम गोम्जा म्हेन्दोमाया क्षेत्रको चर्चित कलाकार आशिक गोम्बो र आरम्भ तामाङ लगायत कलाकारहरु सहभागीतामा संघको नुवाकोट कार्यसमिति चयन भएको थियो ।


संघको नुवाकोट कार्यसमितिमा अध्यक्षमा किर्ती मान तामाङ ,उपाध्यक्षमा सिङ्ग बहादुर तामाङ ,महिला उपाध्यक्षमा लक्ष्मी स्याङ्तान,सचिबमा सन्जु थोकर,कोषाध्यक्षमा सोमती लामा र सह कोषाध्यक्षमा सोनम वाइबालाई चयन गरेको छ।
त्यसैगरी सदस्यहरुमा निशा लामा,सागर तामाङ,सोनि तामाङ वाइबा,एरिन तामाङ,लिलु लामा र बिजय तामाङलाई चयन गरेको छ।
तामाङ समुदायको बाक्लो बस्त्ती रहेको नुवाकोटमा तामाङ संस्कार तथा संस्कृतिको म्हेन्दोमाया लोकभाकालाई बचाई राख्न संघले पहल गर्ने जानकारी दिए।
