नुवाकोट /
जिल्लामा आज बन्दको आंशिक प्रभाव परेको छ। साना र दुईपांग्रे सवारी छिटपुट गुडेपनी मालवाहक र लामोदुरिका ठुला सवारीसाधन भने ठप्प रहेको छ।
जिल्लाको मध्यपहाडी लोकमार्ग, गल्छी-त्रिशुली-मैलुङ खण्ड ,टोखा छहरे खण्ड र पासाङ ल्ह्यमु राजमार्ग ठप्प रहेको छ।



त्रिशुली सामरी-भर्याङभुरुङ खण्ड र त्रिशुली-देउराली-किम्ताङ सडकखण्डमा लामोदुरीका यात्रुवाहक सवारीसाधन कुनैपनी गुडेका छैनन् भने अहिलेसम्म जिल्लामा कतैपनि अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ।
