नुवाकोट/
जिल्लाको बेलकोटगढी नगरपालिका-४ बानियागाउँबाट ४० वर्षीय सन्तबहादुर गुरुङ पक्राउ परेका छन् ।उनलाई भरुवा बन्दुकसहित आँपबोटबाट पक्राउ गरिएको हो।

बाटोमा भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरी चौकी झिल्टुङको प्रहरी टोली गस्ती गर्दै गाउँ जाने क्रममा उनलाई नियन्त्रणमा लिई नुवाकोट अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान भई रहेको प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय