नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका -३ फासाङमा घर हिडेका आमाछोरा माथी हिजो आइतबार अपरान्ह सांघातिक हमला भएको छ। बुङताङ घर भएकी २६ वर्षिय आइतिमाया तामाङ र उनका ३ वर्षिय छोरा अलिन तामाङ माथी सांघातिक हमला भएको हो।
उक्त सांघातिक हमलामा संलग्न म्यागङ -३ फासाङ कै चक्र भन्ने भिमबहादुर तामाङ, कमल तामाङ र किस्मत तामाङलाई उनिहरुले प्रयोग गरेको निलो पल्सर मोटरसाइकल (बा ६५ प ८८७०) सहित प्रहरीले नियन्त्रणमा लिएको छ।


उक्त हमलावारहरुले घाइते आईतिमायाको साथमा रहेको मोबाईल फोन र नगद समेत लुटेको देउराली प्रहरीले जनाएको छ भने गम्भीर घाइते आईतिमायालाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुली पठाईएको छ।

