नुवाकोट/
जिल्लाको लिखु गाउँपालिका -६ मा एक पुरुषले झुन्डिएर आत्महत्या गरेका छन्।मृतकले रेडियो समेत भिरेर आत्महत्या गरेका हुन् ।
बुधबार बिहान स्थानीय ४६ वर्षीय बुध तामाङ घर नजिकैको रुखको टुप्पोमा झुन्डिएको अवस्थामा फेला परेका हुन।
झण्डै डेढ सय मिटर लामो चिलाउनेको रुखको टुप्पोमा झुन्डिएकाले स्थानीय र प्रहरीलाई मुचुल्का तथा शव ब्यवस्थापनमा कठिनाइ भएको प्रहरीले जनाएको छ। घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।