धादिङ/
जिल्लाको खनियाबास गाउँपालिका–४ का बेग बहादुर तामाङ ‘बेगे’को घरमा फेला परेको सुन र अमेरिकन डलर दुबै नक्कली भएको पुष्टि भएको छ ।

मंगलबार उत्तरी धादिङको लपाङफेदीबाट धादिङबेसी आउँदै गर्दा बेगेको साथबाट बरामद भएको १ किलो फाइन गोल्ड ९९९.९ लेखिएको विस्कुट आकारको पहेलो धातु र ५० रुपैँया र १०० रुपैंयाको डलर नोट परीक्षणको क्रममा नक्कली पुष्टि भएको हो ।

मंगलबार ग १ ज ६७५३ नम्बरको गाडीमा सदरमुकाम धादिङबेसी आउँदै गर्दा बेगे र उनकै गाउँका शोभा तामाङ पक्राउ परेका थिए ।१ किलो सुन र नक्कली नोट सहित बेगे पक्राउ परेपछि बुधबार प्रहरीले घर खानतलासी गरेको थियो। बेगेको घरबाट ५ सय ग्राम लेखिएको सुन जस्तो देखिने ४ थान पहेँलो धातु प्रहरीले बरामद गरेको थियो। बरामद भएको पहँेलो धातु नेपाल सुन चाँदी कला व्यवसायी संघ धादिङले नक्कली प्रमाणित गरिदिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रञ्जन अवाले जानकारी दिए ।

बेगेको घरबाट प्रहरीले ३ वटा पेस्तोल र पेस्तोलमा लाग्ने गोलीहरु पनि पक्राउ गरेको छ ।सुन ल्याउदै छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरिक्षक रञ्जन अवाले बताए ।

एउटै व्यक्तिको घरबाट ३ वटा पेस्तोल, ठूलो परिणाममा गोली फेला पर्नुले प्रहरीलाई नै चुनौती दिएको छ। पक्राउ परेको पेस्तोल माओवादी द्धन्द्धकालदेखि नै घरमा भएको बयानमा बताएको प्रहरीले जनाएको छ ।सुन भनिएको धातु भने केही वर्ष अघि अन्य व्यक्तिहरुबीच धादिङबेसीमै कारोबार हुन लागेको ठाउँबाट बेगेले सोही पेस्तोल प्रयोग गरेर लुटेको बयान दिएको एसपी राकेश सिंहले बताए ।

पक्राउ परेका बेगे यस अघि पनि विभिन्न अपराधिक क्रियाकलापमा पक्राउ परेका थिए। दुई वर्षअघि काराकारभित्रबाटै पनि काम गरिदिन्छु भन्दै व्यक्तिहरुसँग रकम असुलेको पीडितहरुले बताएका छन् ।

पक्राउ परेका बेगेलाई हातहतियार तथा खरखजाना र नक्कली नोट कारोबार सन्बन्धी कसुरमा मुद्दा चलाएको छ। शोभालाई भने नक्कली नोट कारोबारमा मुद्दा चलाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय