नुवाकोट /
साउदीमा निधन म्यागङका राम बहादुर तामाङको शव नेपाल ल्याउन परिवारले अपिल गरेका छन् ।बिगत १० बर्ष देखि साउदी अरबमा कार्यरत नुवाकोट म्यागङ-३ देउरालीका राम बहादुर तामाङको उपचारको क्रममा हिजो मृत्यु भएको भतिज सन्तलाल तामाङले नुवाकोट जागरणलाई बताए।
गत शुक्रबार तामाङ उपचारको क्रममा मृत्यु भएको कम्पनीमा कार्यरत बाबुराम नेपालीले जानकारी गराए ।केही महिना अघिदेखि बिरामी रहेको राम बहादुर उपचारको क्रममा मोहम्मद दोसारी हस्पिटल खोबर साउदीमा मृत्यु भएको हो।
अहिले मृत शवलाई यथासिघ्र नेपाल झिकाउन आवस्यक पहल कदम चलिदिन साउदीका लागि नेपाली दूतावास तथा यहाँका संघ संस्थासंग मृतकका अफान्त तथा परिवारले आग्रह गरेका छन् ।