दैलेख/
जिल्लामा चट्याङ लागेर १२ जना घाइते भएका छन। डुङ्गेश्वर गाउँपालिका–२ को सेर्माकोट भन्ने ठाउँमा आइतबार दिउँसो आएको वर्षासहितको चट्याङले १२ जना घाइते भएको दैलेख प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद साहका अनुसार कोदो गोड्ने क्रममा आएको वर्षासहितको चट्याङ लागेको थियो ।‘चट्याङले कसैको हात जलेको छ ।कसैको आँखामा चोट लागेको छ,’उनले भने,‘ घाइतेहरूलाई जिल्ला अस्पताल दैलेखमा ल्याउने तयारी भइरहेको छ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय