
नुवाकोट/
जिल्लाको प्रहरी र प्रशासन दुबैलाई डकैती समूहले चुनौती दिएको छ ।झण्डै डेढ महिनाअघिदेखि शुरु भएको चोरी र डकैतीको घटना नियन्त्रण गर्न र यस्ता कार्यमा संग्लग्नलाई कारवाही गर्न प्रहरी र स्थानीय प्रशासनलाई विदुर नगरपालिका मेयर राजन श्रेष्ठले निर्देशन दिएको छ।
विदुर ७ चुप्चेमा रहेको हाम्रो सहकारी संस्था लिमिटेडमा यहि जेष्ठ १५ गते राती अपरिचित एक व्यक्तिले ताल्चा फुटाएर सिसिटिभीको मनिटर सहित लगेर डकैत गरेका थिए ।
आज हाम्रो सहकारी संस्था लिमिटेडको अवलोकन गर्दे मेयर श्रेष्ठले केही दिनयता विदुरको विभिन्न स्थानमा चोरीका घटनामा वृद्धि भएको भन्दै नगरका विभिन्न स्थानमा गस्ती बढाउन सुरक्षा निकायलाई निर्देशन गरेका हुन् ।
मेयर श्रेष्ठले कुनैपनि ठाउँमा चोरीका घटना भएमा वा शंखास्पद व्यक्ति देखा परेमा समेत तुरुन्त प्रहरमिा खबर गर्न समेत आग्रह गरेका छन् । नगरपालिकामा डकैती त्रास बढ्दै गर्दा शान्ति सुरक्षा कायम गर्न प्रमुख श्रेष्ठले जिल्ला प्रहरी कार्यालय लगायतका सम्बन्धित प्रशासनलाई निर्देशन दिएका छन् ।
प्रमुख श्रेष्ठले नगरवासी जनताको जनधनको सुरक्षा गर्नु आफ्नो कर्तव्य भएकोले जनताको सुरक्षामा कुनैपनि कसर बाँकी नराखी दिनरात खटिन नेपाल प्रहरी लगायतको निकायलाई ठाडो निर्देशन दिएका छन् ।उनले नगरवासी आफ्नो जनधनको असुरक्षा महशुस नगरुन भन्ने चाहेको बताएका छन् ।
डकैत समूहले नगरपालिकामा चोरी डकैतीको घटना तिव्र पार्दा समेत प्रशासन भने मुकदर्शक बनेर बसेको स्थानीयहरुले नगर प्रमुख श्रेष्ठ समक्ष गुनासो पोखेका छन्।
दिनप्रति दिन चोरी र डकैतीको यस्ता घटना बढाएसँगै अहिले स्थानीयकोको निन्द्रा नै हराएको छ ।यो समूहले कहिले व्यक्तिका घर, सहकारी तथा सरकारी भवनमा चोरीका घटना घटाइरहेका छन्। सोमबार मात्र नगरपालिकामा रहेको सहकारीको कार्यालयमा चोरी भएको थिए।