नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिकामा नेपाली कांग्रेसका आशा तामाङ पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन। उनि ३२०९ मतका साथ पुनः निर्वाचित भएका हुन।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सुकसागरले २५९२ मत प्राप्त गरेका थिए भने उपप्रमुखमा नेपाली कांग्रेस कै सीता तामाङ विजयी भएका छन।

म्यागङ गाउँपालिकामा २ नं वडा र ४ नं बाहेक चारवटा वडामा नेपाली कांग्रेसले आफ्नो जित निकालेको छ।

वडा नं १ मा जिमा तामाङ विजयी भएका छन् भने वडा नं २ मा नेकपा एमालेका सन्तबिर तामाङले बाजि मारेका छन।

यस्तै वडा नं ३ मा नेपाली कांग्रेस कै हरिबहादुर तामाङ विजयी भएका छन् भने वडा नं ४ मा कमलबहादुर तामाङले स्वतन्त्रबाट आफ्नो जित निकालेका छन् ।

यस्तैगरी, वडा नं ५ मा जितबहादुर तामाङ र वडा नं ६ मा हरिकुमार तामाङ विजयी बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x