• कार्तिक ११, २०८३ बुधबार
    28 Oct, 2026, Wednesday

    दोस्रो एकदिवसीय क्रिकेटमा: जिम्बाबे माथी नेपालको शानदार जित


    २०७९ वैशाख २४, शनिबार

    २०७९ वैशाख २४, शनिबार

    काठमाडौ /
    दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले जिम्बाबे ए माथि ९ विकेटको शानदार जित हात पारेको छ।

    शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले जिम्बाबेले दिएको ८८ रनको सामान्य लक्ष्य १ विकेटको क्षतिमा ११ ओभर २ बल खेल्दै ८९ रन बनाएर पूरा गरेको हो।

    नेपाललाई जित दिलाउने क्रममा सुनिल धमलाले ३८ रन बनाए भने आसिफ शेखले अविजित ३४ रन बनाए। विनोद भण्डारी ४ रनमा अविजित रहे।

    यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बाबेले ३१ ओभर ५ बलमा सबै विकेट गुमाएर ८७ रन बनाएको थियो।

    जिम्बाबेलाई सस्तैमा रोक्ने क्रममा नेपालका लागि करण केसी र सोमपाल कामीले समान ३/३ विकेट लिए। त्यस्तै सन्दीप लामिछानेले २ र सागर ढकालले १ विकेट हात पारे।

     

    सम्बन्धित