• असोज २८, २०८३ बुधबार
    14 Oct, 2026, Wednesday

    बिमानको सौचालय भित्र २ किलो सुन: तादीका सुमन तामाङ सहित ५ जना पक्राउ


    २०७९ वैशाख १६, शुक्रबार

    २०७९ वैशाख १६, शुक्रबार

    नुवाकोट /
    बिमानको शौचालय भित्र फोहोहसँगै २ किलो सुन पाँचथरको याङवरक गाउँपालिका ४ का २८ वर्षीय भीमकुमार माबोले भेटेका थिए। सुनका बिस्कुट बाहिर ल्याएर उनले सँगै काम गर्ने नुवाकोट तादी गाउँपालिका ५ का २७ वर्षीय सुमन तामाङलाई बोलाएर दुई भाइले बाँडेर पर्समा लुकाएका थिए।

    बिमानस्थलको गेटबाट बाहिर निस्कने क्रममा चेकजाँच गर्दा भिमकुमारको पर्समा १० थान र बाँकी सुमनको पर्समा फेला परेको थियो। उनीहरुले लुकाएर लैजान लागेको सुनको बारेमा अनुसन्धान गर्दा थप तीन जना पक्राउ परेका हुन्।

    पक्राउ पर्नेमा उदयपुरको २८ वर्षीय राजेश राई, दोलखाका ४१ वर्षीय ट्याक्सी चालक हेमबहादुर थापा र सुनगाभा सप्लायर्स एण्ड सरसफाइ प्रालिका ३६ वर्षीय ताराकान्त चौधरी रहेका छन्। उनीहरुको पनि संलग्नता रहेको र थप अनुसन्धान भइरहेको विमानस्थल प्रहरी कार्यालयले जनाएको छ।

     

    मिल्दो जुल्दो खबर