नुवाकोट /
जिल्लाको विदुर नगरपालिका-१३ हर्कपुरका कृष्ण प्रसाद लामिछानेले आफ्ना दिवंगत कान्छा छोराको सम्झना ५ आना जग्गा दान गरेका छन।

गत २०७४ जेष्ठ महिनाको ९ गते युएईमा सडक दुर्घटनामा परि अल्पायुमै ज्यान गुमाएका ३० वर्षीय स्व: कान्छो छोरा  बासुदेव लामिछानेको सम्झनामा ५ आना जग्गा सहरी स्वास्थ्य केन्द्र विदुर नगरपालिकाको कार्यालयलाई बैशाख ८ गते दान गरेका हुन।

नुवाकोट जिल्ला सा.वि.क. कल्याणपुर गा.वि.स. वडा नम्बर १ हर्कपुर हाल परिवर्तित विदुर नगरपालिका वडा नम्बर १३ का निवासी स्वच्छ छवी भएका ६७ वर्षीय वृद्द, एवं समाजसेवी लामिछानेले आफ्नो नाममा श्रेस्ता कायम रहेको कुल जग्गाबाट ५ आना छुट्टयाएर विदुर नगरपालिकाको परियोजना अन्तर्गत दमै डांडास्थित बन्न लागेको शहरी स्वास्थ्य केन्द्र भवन निर्माणका लागि भनेर स्व: छोराको सम्झनामा नुवाकोट विदुर नगरपालिका कार्यालयको नाममा गत बैशाख ८ गते दान गर्नु भएको हो।

लामिछाने बताउँछन; भूभागीय हिसाबले पनि स्थानीयहरू स्वास्थोपचारको लागि आवातजावत गर्न दमैडांडा पायक/अनुकुल पर्ने भएको हुँदा सहजै बिरामीहरुले सेवा लिन सकियोस भन्ने उदेश्यले मैले आफ्नो स्वइच्छाले जग्गा दान गरेको हुँ यस पून्यको कार्यमा केन्द्रिय सरकार, नगरपालिका, स्थानीय सरकारले महत्वपूर्ण भूमिका खेल्दै सहजीकरण गरिदिनु भएकोमा सम्पूर्णमा आभार व्यक्त गर्दछु ।

केन्द्रीय सरकार र विदुर नगरपालिकाको समन्वयमा जिल्ला मालपोत कार्यालय नुवाकोट मार्फत सम्पूर्ण प्रक्रिया पुरा गरि पास गरिएको जग्गाको मूल्य करिब रु, ५ लाख बराबरको रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x