मौसम हावा ,हुरी ,बतास ,झरीको थियो।
एक्कासी मेरो नजर निथुक्क भिजेको रोडमा उभिरहेको केटामा पर्यो ।न त म उसलाई बोलाउन नै सक्छु न त उसलाई छाता ओढाउन नै, !

एक टकले उसलाई हेरिरहदा उसकै शरीरले मनलाई लोभ्यायो! सेतो सर्ट, कालो पेन्ट, हल्का पालेको लामो -लामो कपाल, गहुं गोरो मान्छे सोचे को होला ?कहाँबाट आयो ?किन भिजेको ?छेउमा गएँ टक्क रोकिए! नामको त के कुरा भएको छाता ओढाउने आट पनि आएन नजीक भएसी कसो कसो उसका नजर म मा होईन!

खाली निलो छातामा पर्यो !पछि मात्रै नजर जुधे म पनि के कम! सेम उस्कै जस्तो ड्रेसमा थिएँ ।फरक यती थियो मेरो पुरै शरिर भिजेको थिएन ।उसले हेरे पछि छातालाई होइन मलाईनै बोलाएको जस्तो आभाष भयो ।छेउमा गएँ छाता ओढाएँ !उसले मलाई केही भन्न सकेन उसलाई चिसो भएको थियो ।म नै बोल्न भ्याए !पानी त रोकिदैन जाऊ ऊ त्याहाँ कफी पिउ है! कफि पिउदै परिचय गरौंला ।

परिचय नै नसोधी सिधैं कफीको अफर गर्दा ऊ !पानी मै हराए जस्तो भयो! न त नाई भन्न सक्यो न त सहजनै ल नजाऊ पनि कसरी केटीको अफर अनी छाता!
ओ हेलो के सोचेर बस्या मैले मलाई बिहे गर्ने भनेर अफर गरे जस्तो! मैले नलजाई ,नडराई बोले किन कि ऊ संग धेरै समय बिताउन मनले भन्यो ।एक नजरमा नै ऊ मलाई आफ्नै जस्तो लाग्यो खै आँखाको दोष कि ऊ हेन्सम हुनु उसको!

मेरो कुराले ऊ मुसुक्क हास्यो।हामी एउटै छाताको आडमा अगाडी बढ्यौं ऊ अग्लो थियो! म भन्दा मेरो आधा शरीर पानीले भिज्यो मलाई अप्ट्यारो लाग्यो उसको अगाढी बस्न सोचे! ऊ भन्दा पछाडी बसेर कफी पिउछु ।नबोल्दै पसल आईपुग्यो । छाता बन्द गरे उसले मलाई हेरीरहयो जस्तो कि ऊ मेरो पुरानो साथी हो ।तर अहीले मात्र भेटेको खै उसको सबैकुरा मलाई मन पर्यो सुटुक्क चोरेर लानु जस्तो लाग्यो ।उसले कफीको अडर सँगसँगै ।आऊ यहाँ बसौं मैले सोचो जस्तो भएन सगैं बस्यौं नजीक भएसी उसलाई नै हेरिरहे उसले मलाई भन्यौ के हेरेकि म भिजेको मन परेकै हो त ?

म मुसुक्क हासें भन्न मन थियो तिमी नै मन पर्यो तर सकिन ।यतीकैमा उसले सोध्यो तिम्रो नाम ? तिमी के गर्छौ ?आई मिन कतीमा पढ्छौं ? प्रश्न माथी प्रश्न
मौसम शर्मा म बिएड गर्दै छु।यतीकैमा उसले भन्यौ के हो मौसम ;मिस बन्ने सपना छ कि मलाई पनि पढाउछौं ?यतीकैमा कफी आयो सानो कलेज पढ्दै गरेको केटा थियो कफी दिने ऊ पनी के कम मैले थ्यागंस भाई भनेको हजुरहरूको जोडी राम्रो छ भन्दै गयो !

एक अर्कामा आँखा जुध्यो हामी मनमन नै हास्यौं ।मात्र यतीकै मा मैले भने आफ्नो परिचय लुकाएर राख्ने बाहीर पानी अली कम भै सकेको थियो !मेरो नाम आकाश शर्मा मेरो पढाई सकियो जागिर गर्दैछु।पोखरामा यहाँ मेरो दि दि हुनुहुन्छ घुम्न आएको ।उसले नै भन्यो बोर भा बेला पानीले तिमीसंग भेट गरायो थ्याङ्स् गड!

मौसम ;
अब यो शहर मा केही दिन बस्छु मलाई घुमाउदिनौं तिम्रो गाउँ हुन्छ नि किन नहुने !र ?फोन नम्बर देऊ न म कल गर्छु ।सायद उसलाई पनी मलाई जस्तै भा होला! सहज अनुमान लगाए मैले पनी नम्बर दिएँ ।पानी पनि रोकियो कफी पनि सकियो।छुट्टीनु त थियो नै तर मन भने तयार थिएन ।
मौसम अब !त्यो छाताको काम छैन तर पनि म खुब मन पराउछु छातालाई! बाई लाटी भन्दै ऊ अगाढी बढ्यो।छुटीएर त आएँ तर आँखामा मात्र ऊ थियो अनि पर्खाई फोनको घरको काम सके खानपिन सकियो तर फोनको अत्तो पत्तो थिएन।बिस्तारमा गएँ तर के निन्द्रा आउला होईन यी आँखा पनि कस्ता कलेजमा कती साथीहरू छन् स्कुल पढ्दाका गाउँबेशी गर्दाका तर यस्तो मन परेको मान्छे आफ्नो आँखामा यसरी आएको कोही थिएन।

मन परेको मान्छे किन नभएको डिग्री पढ्ने कम हेन्सम थिए ।आँखा उनीहरूमा किन परेन ।प्रपोज पनि नआएको कहाँ हो मनले नै रोजेन सायद “मनमा बसेको मान्छे भाग्यमा हुदैन भाग्यमा बसेको मान्छे मन भित्र बस्दैन” उसले भनेको अन्तीम शब्द मस्तीष्क मा आईरहयो बाई लाटी ।

बिस्तारमा भएका किताबले पनी जिस्काएको जस्तो लाग्यो खै तर पनी फोनको रिगं बजेन कसो कसो म झकाएछु फोनले बिउझ्झायो कतै नहेरी फोन उठाएँ। हेलो लाटी ! मेरो पुरै निन्द्रा बिलिन भयो बोलीले झन् मोहनी लगायो! लाग्यो यो भन्दा मिठो स्वर संसार मै नहोला!
मौसम सरी ;है मैले फोन ढिलो गरे याद छ नि मलाई घुमाउन लाने कुरा कि बिर्सेयौं।
याद छ नि जाने ११ बजे है मलाई फोन गर्नु ।त भोली भेट हुन्छ रात धेरै भो सुत ।बाई भन्दै फोन राख्यो।

भन्न मन थियो तिमी सपना बनेर आऊ तर सकिन! यतीकै बिहानको पर्खाइमा रात कट्यो। बिहान काम सकेर घुम्न जान तयार भएँ। फोन आएन एघार बज्यो मैले पनी गरीन मेरो होर नयाँ ठाउँ म जाने होर घुम्न म किन फोन गरूँ! घमन्डपन देखाउन कहाँ छेडेर। एघार तीसमा फोन आयो लाटी देउरालीमा छु।
आऊ छिटो !
होईन राती पनि एघार तीस मा फोन आयो दिनमा पनि उस्तै समय आकाशको लभ परेको छ कि केहो 11:30 संग मैले यती भन्न भ्याए ऊ मिठो हास्यो मैले हास्दैं फोन राखे ।

देउराली पुगे ऊ बसीराथ्यो मन परेको मान्छे परै को सुगन्धले लठ्ठ भने जस्तैः । टी -सट पहेलो मेरो मन पर्ने रगं::के चाहिने र :::अरू;;;;;

आट गरेर आँखा छोपे गएर के नचिन्नु उसले हातमा समातेर साच्चै लाटी हौ को आउँछ तिमी बाहेक यहाँ आऊ बस्
यती बेला भन्न मन थियो ।तिम्रो काखमा बसाउछौँ कि आँखामा तर सकिन
मुसुक्क हास्दै छेउमा बसे कतिखेर आउनुभयो सोधें तिमीलाई फोन गर्दा
कहाँ जाने घुम्न ।
उसले भन्यो तिम्रो मनमा
हजुर
घुमाउछौँ मन भित्र
म नि के कम भन्दिए ! खोल्दीम पुलुक्क मलाई हेर्यो !
हजुर पनी भुद्दु !मनको ढोका पो भनेको आकाश
धुम्न जाने बाटो यहीँ त हो
एक टकको हेराईले म लजाए तर उसको पहेलो टी- सट र परफ्यूम ले नजीक बनाई रहेको थियो।
मौसम हाम्रो भेट यसरी भयो न तिमीलाई बिर्सन सक्छु न त हृदयमा सजाउन!!
तिमी किन यती मायालु भएको
मैले भने माया मन पर्यो कि मायालु दुबै लाने हो।
जाने हो हिड् !!
कहाँ?
लाटी !! घुम्न नि
जंगल हरियाली मन पर्छ चौतारो रहेछ जाऊ
यो बहानामा तिमीलाई हेर्न पाउछु!यी पल सँगसँगै बिताऊ
अनि अर्को दिन बिर्सनु हुन्छ? नरमाईलो लाग्यो ।
मौसम परिवर्तन होला तर आकाश हुदैन।
गफै गफमा चौतारी पनि आयो
ए !अ मौसम घरमा को को हुनुहुन्छ? भनन
बुबा ममी म छानो छदा बित्नु भयो रे म जन्मिए छोरी पाईस भनेर बुबाले दिनहु यातना दिनुहुन्थ्यो रे बिरामीकै कारण बुबाको यातना सहन नसकेर मलाई छोडेर ममी जानुभयो।
ममीकै तस्बीरसंग कुरा गर्दै भिर पाखा गर्दै म हुर्कीएँ।

बिस्तारै बुबा रक्सी चुरोट केटी बिना बाच्न सक्नु भएन ।
छोरा मान्छे न हो!! मर्द समाजको
केही दिन पछि बिहे गरेर घर लिएर आउनु भयो।
सबै काम गर्दा कान्छी आमा खुसी मैले काम नगरेको दिन बुबालाई कुरा लगाएर कुटाउनु हुन्थ्यो।
ममीलाई मलाई पनि सँगसँगै बोलाउनु न भन्दै रून्थ्ये
हो यही जंगलमा
यती भनेसी उसका आँखा रसाए म त डाको छोडेर रून पुगेछु अंगालो मा लिदै आशु पुछेर अब म छु साथी
लाटी !!नरोऊ!
मन शान्त भो हावाले पनि सुखी थप्यो ससररर बतास चल्यो ।
अंगालो मै मैले प्रश्न गरे
मलाई माया गर्नु हुन्छ?मलाई भेटेको कति नै भएको छ र ?

लाटी !!मलाई भन्दा धेरै तिमी मलाई मन पर्यो तिमीले अरूलाई नरोज्नु यो आकाश रहुनजेल।
रात पर्न लाग्यो जाऊ घरमा खोज्नु हुन्छ मलाई?***
भन्देऊन आज तपाईको ज्वाईसंग थिए भनेर!!
म मुसुक्क हासेँ।
दुबै भोली भेट्ने बाचा संगै
खुसीको सिमा रहेन न कहिले यती खुसी थिएँ
मन परेको मान्छे आफ्नो आँखामा यसरी आएको थियो म संग शब्दै छैन्।
सधैँझै काम सकेर राती फोनमा कुरा भोली भेट्ने कुरा गर्दै निदाएछु।
फोनमै सब कुरा सकियो घुम्नु त नजिक हुने एउटा बहाना थियो।
दोबाटोमा भेट भयो। आज मन्दीर जाने सल्लाह भयो। एक घन्टा हिनेर गयौ।
मौसम !! तिम्रो भगवान संग के माग्यौ नि?
साच्चिकै भनौ मैले आकाशलाई तर भनिन मनमै राखें अनि आकाशले नी ?
तिम्रो ईच्छा पुरा होस् भनेर मागे
मिठो हासो !

दुबै कुरा गर्दै ओरालो झर्यौ आउँदा जंगल थियो प्रेमील साथ केही दिनको भेट न थियो खुशी पनि कति दिनको पाहुना हो
बाटोमा एकछिन बसेर थकाई मार्दै कुरा गर्ने भनेर बस्यौं ।
एकान्त प्रेमिल साथ त्कसले देख्ने ,छेक्ने, मन परेको मान्छे हामी आफू भित्र सगंसगै रमायौं! कुनै कसुर छोडेनौ रमाईलो गर्न !!न त कुनै बाकि मात्र शरिर एउटै थिएन।
हावाले हामीलाई बिउझाए झैँ भयो ।
काली यही याद लिएर जादैछु ।
आकाश!
कतै यी हजुरका यादहरू अामाका तस्विर जस्तो त हुन्न?
धत् लाटी! के बोलेकि भेट हुन्छ नि मन, मुटु तिमीलाई छोडेर जादैछु।बिमानस्थल सम्म सँगसँगै जान्छौं त्यो पछि मेरो सफर नितान्त एक्लै हुनेछ
कुरा सकिदैन्न तर जानु थियो घर उसका अाँखा रसाए
मैले भने !! मेरो आँखामा सुहाउने कुरा कहाँ आकाशको आँखामा सुहाउछ र?
मलाई हेर्यो !! मैले भने
भुद्दु! गाजल के दुबै जना हास्यौ।
छुटाऊने दोबाटो आएछ पततै भएन गह भरी आशु लिदै फोनमा कुरा गर्ने भनेर छुट्टीयौ।

लाग्यो यस्तो मणी हराएको सर्प;
पानी बिनाको माछा, चिसो बिनाको हावा /रितु बिनाको बसन्त उराठ लाग्दो मौसम,
कल्पना कसरी गरौ! यती माया गरेको मान्छे छोडेर जादैछ। काम गर्न मन लागेन !
छोडेर जानेको याद साथी कलेज । कति स्वर्थी भएछु आज उसका लागी कोही छैन त ऊ बाहेक । रात पर्यो फोन गरे फोन लागेन फोन ।अचानक साथी नारायणी को फोन आयो ओई कलेजको परिक्षा आयो किन नआएकि कलेज म झसङ्ग भएँ स्तब्द भए।
ल भोली आउछु है फोन काटे बोल्न मन पनि लागेन।तर फोन कै पर्खाई सकिएन मन नभएनी कलेज गए मिल्ने साथी थिए रणु, नारायनी, ममता, अनिता मेरा कुरा सुनाऊन आतुर थिएं।
भेट भएसी सब सुनाए साथीले ऊल्टै गाली गरे। आज भोली आफन्तको त बिश्वास हुन्न एकछिन् भेट्दा तन मन दिएर आईस बिर्सी तेरो सपनाको राजकुमार ल पढ् राम्रो संग:::::::उनीहरू पढ्न गएँ समय यादमा नै बित्यो परीक्षा पनी नजीक आएको थियो ।
रामले परीक्षा पछी शैक्षिक भ्रमण पोखरा लान्छ रे तिमी पनी जानु पर्छ है सब साथीहरू जाने रे तिम्रो नाम छुटेको छैन नि लिस्टमा म नबोल्दै यदी भन्न भ्यायो ।सायद ऊ पनी कतै न कतै मलाई मन पराऊथ्यो !

म अनुमान लगाउन सजिलै सक्थ्ये किनकि म त कसैको प्रेममा पागलसरी बन्दैछु। बनिसके
राम म जान्छु नी अन्तीम पनी हो कलेज लाईफ मेरो कुरा सुनेर खुसी हुदै गयो।तर मेरो खुशी ऊ रमाउनुमा थिएन।परीक्षा पनि आयो तयारी ऊ सकै यादमा परीक्षा सकियो एकदिन अचानक फोन आयो लाटी! चिनेऊ म तिम्रो आकाश ऊसको स्वरमा के थियो सबै रिस सकियो साथमा खुशी थपीयो।

यती दिन किन फोन छैन न त म्यासेज ।
लाटी!मोबाईल बिग्रियो अनी माया मारेको भए फोन कसरी गरे लामो कुरा रमाईलो बिगत आशाका चाहना मा रमाउन पुग्यौ हामी मैले पोखरा भ्रमण को कुरा सुनाउन समेत भ्याएँ।
मेरो के नै कुरा लुकाउनु छ र उसलाई खुशीहुँदै आऊ जसरी भए पनि पैसा छैन भन्ने होइन पैसा म पठाउछु
ख्याल् गर्नु अाफ्नो फोन राख्यौ।
सबै खुशी फेरी फर्किएको अाभाष भयो । पैसा नि तेह्र हज्जार रहेछ उसले पठाएको साथीलाई राख्न दिए! मेरो घरको कुराबाट साथीपनी कहां अछुतो थिएर ।परीक्षा राम्रो भयो।
पोखरा भोली जाने तयारी का साथ आ~ आफ्नो घर गयौँ।
घरमा कुरा गरे बाउ रक्सीमा ब्यस्त आमाका के कुरा गरौँ जासुकै जा भनिहाल्नुभयो !

म पनि के पैसा थियो नि आकाशले पठाएको। जान्छु पैसा पर्दैन भन्दै तयारी गरे भोलीको बाउ न हुन् माया त लागीहाल्दोरहेछ। 2000पैसा दिनुभयो किन के सोचेर म पो छक्क परे लिए नि! मलाई कम काम थियो पैसाको
भोली पल्ट साथीसँग भेटगरी पोखरा लाग्यौ। तीस जना थियौ कि हामी बाटो भरी अन्ताक्षरी चल्यो।
मेरो दिल छ पोखरामा” यही गितले मलाई फेरी उसको याद गरायो।पोखरा पुगेपछी खाना खाएर घुम्न गयौं आँखामा आकास मात्र छ।फोटो रमाईलो मै रात पर्यो । राती सुत्नका लागी चार चार जना को ग्रुप थियो । मिसलाई सुटुक्क गएर मिल्ने साथीको नाम दीए नारायनी तगाएतका केही साथी मिस नमान्ने कुरै भएन।हामी खुशी हुदै सुत्न गयौं ।रात भरी म आकाश संग थिए उसकै शहरमा म विरानो थिए । दिन भरी त भेट्न सम्भम थिएन भोली राती भेट्ने कुरामा ढुक्क भएर म सुते।

रातको निन्द्रा कुरा नगरौ मलाई साथीले कफी बनाएपछि मात्रा उठाएँ। म पनि फ्रेस भए कफी सगै साथीसँग सब कुरा मै ब्यस्त उनीहरूले राती भेट्न पठाउने भएँ।
फेबा ताल तालबराही सुन्दर दृश्य अबलोकन गरेपछी।

हामी आ -आफ्नो कोठामा गयौं ।
सेतो ड्रेस लगाए। चिसो थियो ।कालो ज्याकेट लगाए लिबिस्टीक रातो लाउन समेत भ्याईहाले!
म तयार भएँ करीब एघार बज्यो सब सुतेका थिए।
एउटीले भनी खोई लाएकी बिर्सीस् म ट्वा परे आर्किले थपी आकाशलाई गिफ्ट ।
के भनन् यार !
अाकाश कि लाटी अनिता ले यति भन्न भ्याइ
गाजल के लगा सुहाउछ खुब तलाई सारीकाले भनी!
मैले उनीहरूको कुरा मानिहाले ::::कपाल खुल्ला रातो लिबिस्टिक अाँखामा गाजल अहो लाग्थ्यो ऐनाले पनीि मलाई देख्दा डाह गर्छ।हामीले
बिस्तारै ढोका गेट खोल्न लगायौ म बाहीर गएँ ।

अगाडी आकाश थियो।सबै साथीलाई ईसाराले हात हल्लाएँ उनीहरूले पनि ईसारा दिए! बिहान 4बजे फोन गर्छु गेट खेल है भनेर!
म आकास सँग गएँ।
।एकान्त ठाउँ नभए पनि रात अाफ्नै थियो मन परेको मान्छे हामी फेवा तालमै हरायौ आज पनि म उसकै भोली पनि उसकै संसारमा ऊ नै त थियो मेरो आफ्नो। मनले यति सोच्यो एक अर्काका मायामा समाहित भएरै हो कि सिङ्गो रात छोटो भयो चार बजे म बसेकै ठाउँ मा छोड्न गयो।

साथीले गेट अनि रूमको ढोका खोलि दिए।म सुतें साथीहरू उठीसकेका थिए मलाई 9 बजे बोलाए ।म उठें जिस्काउन कहाँ छोडे र ? के के भयो? अोइ रात भरी का कुराहरू सुना न यार यस्तै यस्तै
कयौ प्रश्न सोधेँ केटीहरु न हुन् बाकि त कहाँ छोड्थे र ?

यस्तो के होईन यार भनेर कुरा मोडे।दिन भरी रमाईलो मै गयो ।रात को त के कुरा म सधैं आकाशलाई भेट्न गए साथीले साथ दिए।चार दिन पोखरामा अती मस्ती भयो। गेटसम्म गिफ्ट लिएर आयो यही कुरा गर्यौ।
आकास !यी नै याद लिएर जादैछु । यताउता हेरे कोही थिएनन् एक किस दिए बाई भनेर हामी छुट्टीयौं।आशुको के कमि आँखामा :::::
अन्तिम रात म गईन सबै साथी सँगै थियौं ।रमाईलो अनि कतै निरास यो सब कुरा रामले थाह पाएको रहेछ पछी सुनायो मलाई मैले सबै कुरा उसलाई भने आँखा भरी आशु थियो।तिम्रो खुसी नै मेरो भन्दै ऊ हिड्यो ।

समय बितेको पत्तै भएन।
गाडी चढेर धनकुटा लाग्यौ।
छेउमा राम नै बस्यो ।घरी घरी म्यासेज आऊथ्यो :::::
याद आएन काली छोडेर जादा::::
म पनि सँगसँगै म्यासेज मै हराउथे
राम सँग पनि कुरा भै राछ सँगसँगै बसेको भएर होला उसले केही भन्न सकेन
लाटी!राती किन लजाएकी म सँग
मुसुक्क हासें एक्लै केही लेखिन
घर पुगे समय बित्यै गयो साईबर, भाईबर धाउन केही बाकि रहेन।

उसंग कुरा भएको एक हप्ता भयो ।मलाई मिन्स नभएको दुई महिना भयो बन को बाघले खाओस् नखाओस् मनको बाघले खान्छ भनेझै समय बित्तै गयो फोन पनि कम हुँदैं गयो काममा बिजी छु भन्दा मैले डिस्टर्ब गर्न चाहिन।
चार महिना भएसी मेरो डर यथार्थ मा परिणत भयो।कती दिन चल्छ लुकेर छलेर!
सूर्य लाई हत्केलाले छेकेर छेकिन्छ र? मनमा अनेकौ कुरा खेल्न थाले””:::सबै खाली सुन्ने भए क्षण भरमा खुसी हरायो।सपनाहरू बिलिन भए दिन दिनै पेट बढ्दै गयो ।तर उसको फोन आएन मठ मन्दीर कती धाए भिर पाखा जंगल कती खोजे रातको निन्द्रा खोसीयो भोक तिर्खा सबै हराए।

के मैले मात्र गरेको माया?यो बच्चा को के गल्ती मेरो मात्र हो प्रेम को निसानी यस्ता प्रश्नको भण्डार छन् म सँग कहिले पाउला उत्तर?
पाच महिना भयो अचानक फोन आयो लेनलाईनबाट मौसम लामो सास फेरे !!
सरी है फोन गर्न सकिन ।
ठिकैछ मलाई लिन नआउनु तर आकाश हाम्रो प्रेमको निसानी पेटमा हुर्कदै छ ।लिन आउनु मैले भन्न नपाई
आधुनीक जमना मा के पीर पैसा पठाईदिन्छु मिल्काईदेऊ ।
राम्री छौ घर जम हुन्छ नि उसले फोन राख्यो।
फोन हात बाट झर्यो म मरे तुल्य भए रोएँ कराए तर मेरो गल्ती हो बच्च्को होईन मैले जसरी यसलाई जन्म दिने अठोट लिए।
घर गाउँ साथी सब छोडेर म शहर आए अन्तिम पल्ट आकाशलाई भेटेर म र तिम्रो निसानी मसँग छ यहीँ संसारमा छ भन्न मन लाग्यो ।

लेन लाइन नम्बर थियो केही समय पछी फोन गर्छु बाकि छ के? छैन झिनो आशा बाहेक ऊ किन परिवर्तन भयो खै ! फोन गरे कसैले फोन उठायो सोध्न मन लाग्यो।
आकास सरलाई फोन यति मात्रै भनेको थिए
बाबुले भन्यो : बाबा ममी फेवाताल घुम्न जानुभयो अाज
बिश्वास कसरी गर्नु फेरी अन्तीम प्रश्न सोध्ने आट गरे।
तिम्रो बाबाको नाम के हो?
आकाश शर्मा
विश्वाश लागेन ! फोन हातबाट झर्यो सूर्य दिउसै अस्तायो ।
आशु नै मेरो साथी भयो माया आभिश्राप भयो।
मरू झै लाग्यो। तर
मैले गरेको गल्ती अबोध बालकले किन पाउने ।

अन्तिम ईच्छा एक पल्ट आकाससँग कुरा गर्ने नै रहयो ।म कस्तो मायामा बाँचे आजसम्म

“”””मेरो अगाडी कपडा खोल्न सक्यौं तर मन खोल्न सकेनछौँ”””::
माया अन्धो होईन तपाईलाई एककोहोरो माया गर्ने मायालु अन्धो रहेछु।

मनमा अनेकौ कुरा छताछुलल भए!
आमाले छोड्दा त मरिन ! आकास बिना पनि म बाच्ने छु। तर अन्तिम पल्ट भेट्ने रहर अझै छ मन मा म पोखरा गएँ घर छोडेर
भेट भयो त्यहीँ फेवातालमा
ऊ नि शब्द भयो अाँखा भरी अाँशु थिए सत्य हुन् या अाशु पनि झुट्टा उसैलाई थाहा थियो ।

यति सुनाएँ
म मेरो छोरा तिमी जस्तै हेन्सम बनाउछु। यो सामाजमा !तिमी जस्तै बनाउने छैन ।
धोकेवाज बिश्वासघाति नबनोस्
अन्तिम ईच्छा यति हो । तिम्रो बनेको घर भत्काउन अाउँदिन थिएँ
सरी लाटि मलाई माफ गर
उसको अन्तिम बोली यति थियो
यथार्थ भनेको भए हुन्थ्यो यति गुनासो अाफै सँग मैले प्रेम नगर्नु पर्थ्यो ।
दुई किनार भए प्रेमिल मन अाज बाट
सिम फेरे !उसलाई सम्झने मन फेरे! गाउँ फेरे शहर फेरे !समाज फेरे !साथी फेरे मेरो जीवन फेरे बाकि छ त केबल आउने सन्तान!
सन्तान जन्माउनु रहर अनि बाध्यता दुबै थियो
।सहारा बनेर सायद अाकाश को साटो अर्को अाकाश अायो । दुनियाँको नजर नै लाग्ने ।
छोरालाई काखमा राखेर
म तलाई संसारकै खुसी दिनेछु!
आमाको अन्तिम , चाहना पूरा गर्नु! पर्छ अब !दुनियाँले मुक्तकण्ठले तारिफ गरोस्।प्रेमको छुट्टै दुनियाँमा अाएको छस्
म तलाई गुमाउन चाहन्न
तँ त फेरि फर्किएको मेरो खुशी होस् ।

धन्यवाद //

रोमा लम्साल
काठमाडौ

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय