मेरो गाउमा यस पटक कस्ले जित्ला त्यो अहिले नै ठोकुवा गर्न सकिन्न! तर चुवाव शान्तिपुर्ण होस! धाधलीरहित होस! अप्रिय घटना केहि नहोस! पूर्ण रुपले प्रजातान्त्रिक अभ्यास होस! सबैले निर्धक्क आफ्नो मताधिकार प्रयोग गर्न सकियोस!

जस्ले जिते पनि सिङ्गो गाउको लागी काम गरोस! हरेक कुरामा राजनितिकरण नगरियोस! कोठे र गोप्य बैठकहरुबाट योजना छनोट नगरियोस! सवै दल र जनताको सहभागितामा योजमाहरु छनोट गरियोस! हरेक आर्थिक र बिकासका परियोजनाहरु पार्दर्सी होस!

गाउमा नबसे पनि गाउलाई माया गर्नेहरु गाउको बिकास निर्माणमा चासो राख्नेहरुको बिचार पनि सुनियोस! तिनका योगदानहरुको कदर गरियोस! बिज्ञहरुको सल्लाह सुझाव सुनियोस!

गाउमै बसेर जनताको आर्थिक उन्नति र प्रगतिको लागी निरन्तर काम गरोयोस! अरुको सलाह सुझाव र आलोचना पचाउने क्षमता राखियोस!

यस्तो क्षमता राखुन कि को पक्ष को बिपक्ष, आम गाउलेलाई जागरुक पार्ने, सचेत पार्ने र विकास निर्माणको लागी महा जागरण ल्याउने अभियान चलाउन सकुन! युवाहरुलाई कामलाई माया गर्न सिकाउन! कुलतबाट जोगाउन सिकाउन! शिक्षक कर्मचारीलाई ड्युटी पुरा गर्न सिकाउन! जनतालाई आसे होईन आत्मनिर्भर हुन र व्यबसायिक हुन सिकाउन!

कृषिको व्यबसायिकरण र आधुनिकरण गर्न योजना बनाउन! बजारीकरण बारे योजना बनाउन! भएका उध्योगहरुलाई अपग्रेट र प्रोमोट गर्ने योजना बनाउन! नया उध्योग खोल्न चाहानेहरुलाई नितिगत र आर्थिक सहयोग गर्ने योजना बनाउन! बिध्यार्थी बिहिन बन्दै गएका स्कुलहरुलाई कसरी पुनस्थापित गर्ने योजनाहरु बनाउन!

आफु खुसी खनिएका स्तरहिन बाटोहरुको व्यबस्थित बैज्ञानिक स्तर उन्नति गर्ने योजना बनुन! गाउ बुढाबुढीको गाउ हुँदै छ! शहर छिरेका मान्छेहरुलाई कसरी गाउ फर्काउन सकिन्छ भन्ने योजना बनाउन सकुन!

गाउमा गर्नु पर्ने धेरै काम होलान तर यि कामहरु सरकारी बजेटबाट मात्र सम्पन्न गर्न सम्भावना हुदैन! एउटा वडा अध्यक्षको वल र तागतले मात्र सकिदैन! एउटा पार्टीको वलले मात्र सकिदैन! गाउमा बसेका सबै मानिसहरुको संयुक्त तागतबाट मात्र सम्भव हुन्छ!

पार्टी फरक होला! बिचार आस्था फरक होला! तर गाउ बने सबैले सुख पाउछ! गाउ बिग्रीए सबैले दुख पाउछ! हाम्रो गाउ बनाउन बाहिरको कोही आउदैन! हामी सबै मिलेर काम गरौ भन्ने चेत भएको मान्छेले जित्नु पर्‍यो! आम नागरिकलाई यस्तो चेतना दिन सक्ने मान्छेले जित्नु पर्‍यो! जनताको पसिना र राज्यको ढुकुटीमा आखा लगाउने नेता होईन आफ्नो श्रम र पसिना जनता र समाजको लागी दान दिने नेताले जित्नु पर्‍यो!

बुद्धि तामाङ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय