• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    आजकालको दशै !


    २०८० असोज २५, बिहिबार

    २०८० असोज २५, बिहिबार

    दशैको माहोलले छपक्क छोप्यो ,
    बर्षात हट्दै झलमल्ल घाम लाग्यो।
    तर, कालो बादलले मेरै घरमा छेक्यो ,
    जमरा तिमिले नै छरेउ बाबु ,
    ति जमरा टुसाउन नपाउदै , बाध्यता टुसायो
    त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल रोज्नु पर्यो ।
    चाडपर्व त आयो बाबु तर, मुस्कान तिमिसँगै ।

    त्यो माथिल्लो पाटाको पिङ्को” चचहुई..” आबाजले पनि,
    तिमिले नै बोलाएको जस्तो लाग्छ ।
    भर्खर उम्रीएको अंकुसे परेका जमराको अंकुसेले नि,
    तिमिलाई नै अड्काएको जस्तो लाग्छ।
    चिउरा कुट्दै गरेको ढिकीको” ढिकिच्याउँ.. “आबाजले नि,
    “बाबु छिटो आउ” भने झै लाग्छ ।
    दशै आयो भन्दै खनेका ति बाटोहरुले पनि,
    तिम्रो नै कोमल पाउ खोजे जस्तो लाग्छ ।
    चाडपर्व त आयो बाबु तर, मुस्कान तिमिसँगै ।

    सपना मनभरि बोकेर गएका नेपाली सन्तान,
    बाकस भरि आफै भरिनु परेको समाचारले
    बाहिर आएर तिमिलाई शुभायात्रा छोरा भन्नु अघि,
    भित्र कोठामा म धेरै बेर रोए ।

    मलाई नि के थाहा भयो र,
    मेरो हातको स्वस्तिक छापले
    दशैको अगाडी छोरोलाई बिदेशीने बनाउछ भनेर।
    सर चुसेको छोक्राबाट फल पाउछौ ,
    देशमा नै बस भन्न नि त सकिन।
    चाडपर्व त आयो बाबु तर, मुस्कान तिमिसँगै ।

    रातो अबिरले मुछिएको अछेता देख्दा नि,
    दाेन्द्वमा परेका नेपाली सन्तानको याद आउछ ।
    पहेँलो जमरा देख्दा उदास आमाको अनुहार झल्किन्छ ।

    खुसी किनेर पाइदैन, भन्थे माख्लाघरे काकाले,
    हो रहेछ आज थाहा भयो बाबु तिमि बिना ।
    सोच्छु, म आफ्नो मन बुझाउन आफै….
    तल्ला घरे काइला, डाँडाघरे, गैराघरे, सिमखेते माइलो,
    बिर्खे, लाङ्ग्रे , हर्के ……… सबैको पिडा त मेरो जस्तै हो त।
    सबै नेपालि आमाबुबाको घरमा चाडपर्व त आयो,
    तर मुस्कान सन्तानसँगै………………।

    ( जहाँ जहाँ रहनुभएपनि सम्पुर्ण नेपालीहरुमा नजिकिदै गरेको
    बिजया दशमी , दिपावली तथा छट पर्बको हार्दिक मंगलमय शुभकामना)

    ✍️ प्रमोद सापकोटा
    धादिङ

    मिल्दो जुल्दो खबर