दीपेन्द्रको शतकिय पारी: मलेसिया सामु २ सय २४ रनको विशाल चुनौती

खेलकुद

काठमाडौ /
दिपेन्द्र सिंह ऐरिको शतकिय पारिको मद्दतले घरेलु टोलीले टि २० आई त्रिकोणात्मक सिरिजमा मलेसिया सामु २२४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२३  रनको योगफल तयार पारेको हो।

विष्फोटक ब्याटिङ गरेका नेपालका दिपेन्द्र सिंह ऐरीले ११० रनको शतकीय पारी खेलेपछि नेपालले मलेसियासामु विशाल लक्ष्य प्रस्तुत गरेको हो।

एक खेल अगावै फाइनल पुगिसकेको नेपाल अपराजित लयलाई निरन्तरता दिने योजनामा छ।

मलेसिया आजको खेलमा पराजित भए उपाधि होडबाट बाहिरिने छ भने पीएनजी नेट रन रेटको आधारमा फाइनलमा पुग्नेछ। मलेसियाले जित निकालेको अवस्थामा भने नेपाल र मलेसिया नै उपाधिका लागि सोमबार खेल्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *