
नुवाकोट /
सरकारले ल्याएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम’ का लागि नुवाकोटका दुई सहित देशभरका एक सय ४० सामुदायिक विद्यालय छनोट भएका छन्।जसअन्तर्गत किस्पाङको ऐसेलु भुमे मावि र ककनीको नवजिवन मावी छनौट भएका हुन।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बुधबार सूचना जारी गर्दै चैत ८ गते बसेको निर्देशक समितिको बैठकले विद्यालय छनोट गरेको जानकारी दिएको हो।
याे कार्यक्रमका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम सञ्चालन कार्यविधि २०७८ गत पुस २७ गते जारी गरेको थियो। विकास केन्द्रले यो कार्यक्रम सञ्चालन गर्न सामुदायिक विद्यालयसँग प्रस्ताव माग गरेको थियो।
कार्यविधि अनुसार कार्यक्रम सञ्चालन गर्न छनोट भएका विद्यालयका विद्यार्थीले कृषि (बाली विज्ञान/पशु विज्ञान/बागवानी), इन्जिनियरिङ (सिभिल/इलेक्ट्रिकल/कम्प्युटर), पर्यटन तथा हस्पिटालिटी कार्यक्रम चलाउन पाउनेछन्।
त्यस्तै वन तथा वातावरण, निर्माण, अटोमोबाइल, व्यावसायिक कीट (मौरीपालन, च्याउ खेती र रेसम खेती) गर्न विद्यार्थीले सशर्त अनुदान पाउने छन्।
छनोट भएका विद्यालयहरु:


