• कार्तिक ११, २०८३ बुधबार
    28 Oct, 2026, Wednesday

    सामरीमा प्रथम बागमती प्रदेश स्तरीय आमन्त्रण तेक्वान्दो प्रतियोगिता आजदेखी शुरु


    २०७८ चैत्र ११, शुक्रबार

    २०७८ चैत्र ११, शुक्रबार

    नुवाकोट ।
    जिल्लाको म्यागङ गाउँपालिका – ५ सामरीमा प्रथम बागमती प्रदेश स्तरीय आमन्त्रण तेक्वान्दो प्रतियोगिता- २०७८ आज शुक्रबार देखि शुरु हुने भएको छ। चैत ११ देखि १२ गते सम्म “ग्रामसेवा तेक्वान्दो डोजाङ”ले सामरीमा उक्त प्रतियोगिता आयोजना गरेको हो।

    उक्त प्रतियोगीतामा नुवाकोट ,रसुवा,भत्तपुर,धादिङ सहित १३ वटा जिल्लाको २५० जना तेक्वान्दो खेलाडीले सहभागिता जनाउने प्रतियोगिता संयोजक अनिल राज शाक्यले बताए।

    “विकास ,अनुशासन ,गतिशीलता” मुल मन्त्र रहेको तेक्वान्दो खेलबाट नुवाकोटलाई परिचीत गराउन उक्त प्रतियोगिता आयोजना गरिएको संयोजक शाक्यले बताएका छन् ।

    सम्बन्धित