चितवन/
जिल्लाको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बसेका छन् ।भरतपुर महानगरपालिका-१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बसेका हुन् ।

गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि बाघले खाएको र अर्को गाई बिजुलीको पोलमा ठोक्किएर मरेको बताइएको छ ।

उनी विगत १४ वर्षदेखि गाईको संरक्षण गर्दै आएका छन् ।उनी विगत नौ दिनदेखि हिन्दू परम्पराअनुसार मानिसको मृत्यु हुँदाजस्तै कपाल खौरिएर र सेतो कपडामा बरखी बारेर छुट्टै बसेका छन् ।उनले भने ‘गौशालामा पालिएका गाई आफ्नो माता समान हुन् ।गाईको सेवा गर्दा आफ्ना विभिन्न रोग निको भएको छ ।गाईको सेवामा नै जीवन बिताउने छु ।’

योगी नरहरिनाथले कोटीहोम गर्नुभएको सो स्थानमा चितवनकै माडीबाट स्थानीय जातको गाई ल्याएर राखिएको थियो । यसपछि उनका अनुयायीले त्यहाँ स्थानीय जातको गाई विस्तार र संरक्षण गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x