युएई
त्रिशुली समाज युएईले प्रथम खुल्ला ल्होछार कप-२०२२ फुटबल प्रतियोगिता यहि फेब्रुअरी २६ र २७ तारिखमा आयोजना गर्ने भएको छ ।

तामाङ समुदायको महान राष्ट्रिय पर्व २८५८ औं (ताक/चेन ल्हो) बाघ वर्गको सोनाम ल्होछारलाई लक्षित गर्दै ल्होछार फुटबल कप यही फेब्रुअरी २६ र २७ तारिक दुबई अल्कोजमा  हुने भएको छ ।

उक्त प्रतियोगितामा सहभागी कुल १८ टिमका खेलाडीहरुको प्रतिस्पर्धा  रहनेछ  प्रत्येक टिम बाट एक जना कोच ११ खेलाडी हुनेछ भने युएईमा बसोबास गर्ने आप्रवासी नेपाली युवा खेलाडीहरु को खेलमा दुई वटा टीममा बिभाजन गरिएको छ।  टिम ए (A) बाट टिम (B) बाट छनोट पछि फाईनल खेल हुने आयोजकको तालिका रहेको छ। प्रथम विजेताले पुरस्कार नगद रु, एक लाख पचास हजार,  दोस्रो विजेताले करिब एक लाख क्रमश: सन्तान तथा बेस्ट गोल किपर लाई समेत धन राशी उपाधि रहेको छ ।

यस अघि कार्यक्रम २३ जनवरी २०२२ मा हुने तयारी गरिए पनि युएई सरकारले हालैमा गरेको साप्ताहिक विदा नयाँ नियम परिवर्तन संगै  छुट्टिको दिन  सुनिश्चित नहुँदा र बढ्दो तेस्रो लहरको ओमिक्रोन भेरेएन्ट कोरोना महामारी सँगै सरकारीतह बाटै नियमहरुको परिवर्तन भए पश्चात् सबैको राय अनुसार सुरक्षाको मध्यनजर गर्दै केही समयका लागि  सतर्कता अपनाउनु पर्ने  परिस्थिति देखिएकोले खेल स्थागित गरेको आयोजकले बताए।

विविध कारण कार्यक्रमको मिति परिवर्तन हुन गएकोमा खेलाडी तथा खेल प्रेमी दर्शकहरुमा पर्न गएको असर प्रति आयोजक त्रिशुली समाज युएईले दुख व्यक्त गर्नुका साथै माफी माग्दै सबैको साथ, सहयोग, माया स्नेह सधैं निरन्तर रहने छ भन्ने अपेक्षा राखेका छन्।  साथै खेल रोचक सभ्य र भब्य रुपमा सफल पार्न सम्पूर्ण आप्रवासी युएईका नेपाली दाजु भाई दिदी बहिनीहरूमा हार्दिक अनुरोध गरेका छन् ।

थप जानकारीको लागि अध्यक्ष लोकेन्द्र तामाङ सम्पर्क नम्बर:-  ०५२८८०८५६५
कार्यक्रम संयोजक वीर तामाङ्ग सम्पर्क नम्बर:- ०५८९३४३३१०

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय