नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं -२ को प्रवक्तामा विजय गुरुङ मनोनीत

समाचार

नुवाकोट /
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं -२ को प्रवक्तामा विजय गुरुङलाई मनोनीत गरिएको छ।नेपाली काँग्रेसको नियमावली २०७६ को नियम ६३ बमोजिम नेपाली काँग्रेस नुवाकोट जिल्ला क्षेत्र नं .२ को क्षेत्रीय कार्यसमितिको प्रवक्ता पदमा नियुक्ती गरेको हो।

म्यागङ युवा क्लबका अध्यक्ष समेत रहेका गुरुङ नेपाली कांग्रेसका युवा नेता हुन। सभापति जगतबहादुर तामाङद्वारा हस्ताक्षरित मनोनयन पत्रमा भनिएको छ “पार्टीको बृहत्तर हितका लागि बिधान , नियमावली एवं निर्देशन बमोजिम कार्य संचालन गर्न निर्देशनका साथ सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *