नुवाकोट /
जिल्लामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत गाउँपालिकाका ३८ र नगरपालिकाका ८ विद्यालय सहित ४६ विद्यालय छनौट भएका छन् ।जस अन्तर्गत म्यागङ गाउँपालिका भित्रका वैजन्ती शिक्षा निकेतन र विन्दुकेशर मावी छनौट भएका हुन।

कार्यक्रमअनुसार जिल्लाका ४३ विद्यालयमा आईसीटी ल्याब व्यवस्थापन, २ विद्यालयमा बाली विज्ञान र १ विद्यालयमा प्राविधिक ल्याब स्थापनाको लागि छनौटमा परेका छन् ।

आईसीटी ल्याब व्यवस्थापनको लागि २ करोड ७९ लाख ५० हजार, बालीविज्ञानको लागि ५६ लाख ९ हजार १४० र प्राविधिक ल्याबको लागि १० लाख रुपैंयाँ विनियोजन गरिएको छ ।प्रत्येक विद्यालयको हकमा आईसिटीको लागि ६ लाख ५० हजार, बाली विज्ञानको लागि २८ लाख ४ हजार ५७० र ल्याबको लागि १० लाख विनियोजन गरिएको छ ।

नगरपालिकातर्फ विदुरका रणभुमेश्वरी, भीमसेन र भैरुम मावि र बेलकोटगढीका भृकुटी, कालिका, कमारुदेवी, शिलादेवी र मालिका माध्यमिक विद्यालयहरु छनौटमा परेका छन् ।

गाउँपालिकातर्फ दुप्चेश्वरका कमलमणि आधारभूत, माप्ले मावि, वीरेन्द्र र रुकमणि माध्यमिक विद्यालय, ककनी गाउँपालिकाका ककनी गणेश, मुकुन्देश्वरी, गर्वासी, भवानी १ र ४, शिवालय र काउलेदेवी ककनी ब्राईटर मावि र किस्पाङ गाउँपालिकाका ऐसेलुभूमे, जल्जुखोला मावि परेका छन् ।

म्यागङ गाउँपालिकाका अन्तर्गत वैजयन्ती शिक्षा निकेतन आधारभूत विद्यालय र विन्दुकेशर मावि, लिखु गाउँपालिकाका क्षेत्रपाल मावि, शिवपुरी गाउँपालिकाका जानकी, जनज्ञान, महेन्द्र र रामायण छाप मावि परेका छन् ।

यस्तै, सुर्यगढी गाउँपालिकाका बागेश्वरी, कालिका, दुधेदेवी, गणेश, शिलाकन्यादेवी र मंगलादेवी मावि, तादी गाउँपालिकाका जगारित, रालुका, अमर ज्योति (प्राविधिक) मावि र तारकेश्वर गाउँपालिकाका पञ्चमिलन कला देवी माध्यमिक विद्यालय परेका छन् ।

पञ्चकन्या गाउँपालिकाका इन्दयणी, कालिका, नवसञ्जिवनी, उदयजालपा, मंगलादेवी, पञ्चकन्या र राष्ट्रिय मावि परेका छन् ।

सार्वजनिक शैक्षिक संस्थाको भौतिक संरचना विकास, सिकाइ वातावरण सुधार र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न योगदान गरी सार्वजनिक शैक्षिक संस्थालाई विद्यार्थीको सिकाइका लागि रोजाइको केन्द्र बनाउने उद्देश्यले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम नेपाल सरकार मन्त्रिपरिषद्ले कार्यविधि बनाई कार्यान्वयनमा ल्याएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x