धादिङ /
ट्र्याक खोल्ने क्रममा धादिङमा फेरि अर्को डोजर पुरिएको छ।गंगाजमुना गाउँपालिका–५ मझुवाबेशीस्थित मरौटीबाट मझुवाबेशी जाने नयाँ ट्रयाक खन्ने क्रममा माथिबाट ढुङ्गाहरू खसेर जेसिबि पुरिँदा चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा जेसीबिका चालक सर्लाही बस्ने ३६ वर्षीय रोशन कुमार चौधरी छन् । उनको मंगलबार दिउँसो मृत्यु भएको हो ।
जेसिबि पुरिएको र चालकको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुगेको थियो ।
घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय फुलखर्कबाट खटिएको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।