काठमाडौ /
नक्कली प्रहरी बनेर नगद र मोबाइल फोन लुटपाट गर्ने ब्यक्ति पक्राउ परेका छन् ।उनलाई महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

का. म. न. पा. -६ कुशल ब्यांङ्केट अगाडी दुईजना ब्यक्तिहरु चिया पसलमा चिया खाई रहेको अवस्थामा आफूलाई प्रहरी भएको बताउने २ जना ब्यक्तिहरुले धाक धम्की दिएर लागु औषध कारोबारी भएको भनी बौद्ध स्थित एक होटलको कोठामा लगी नगद रू ६०,०००।-, Samsung M 31 र I-Phone-12 Pro Max समेत लुटी लगेका भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा का.जि. गोकर्णेश्वर न. पा. ३ सुन्ताखान घर भई सोही स्थानमा बस्ने बर्ष २७ को सुजन मिश्र रहेको छ।

घटनाको सम्बन्धमा उनी विरुद्व मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-२० अन्तर्गत चोरी तथा डाका सम्वन्धी कसुर अन्तर्गत मिति २०७८।१०।२६ गतेवाट लागु हुने गरी सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट दिन-०७ को म्याद थप अनुमति लिई महानगरीय प्रहरी बृत्त बौद्धबाट थप अनुसन्धान भई रहेको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय