काठमाडौं ।

चन्द्रागिरिमा हिउँ खेलेर फर्किंदा हराएका ५ जना महिला तथा बालबालिकाको नेपाल प्रहरीले उद्वार गरेको छ।

गत माघ २३ गते चन्द्रागिरी डाडाँमा हिउॅ खेल्न गएका काठमाण्डौ जिल्ला चन्द्रागिरी नगरपालीका वडा नं.६ महादेवस्थान बस्ने तपसिलमा उल्लेखित एकै परिवारका ५ जना महिला तथा बालबालिकाहरु हराई रहेका भनी २०։३० बजेको समयमा आफन्तद्धारा खबर प्राप्त हुनसाथ महानगरीय प्रहरी वृत्त, थानकोट, महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डप तथा बिपद् ब्यबस्थापन गुल्म, सामाखुसीबाट समेत गरी जम्मा ३७ जनाको प्रहरी टोली हराई रहेका महिला तथा बालबालिका खोजी कार्यको लागी खटि गई ५ घण्टाको लामो खोजी कार्य पश्चात हराई रहेका निज महिला तथा बालबालिकाहरूलाई चन्द्रागिरी जंगलबाट मस्घ २४ गते ०१:१५ बजे फेला पारी सकुशल उद्धार गरी स्वास्थ्य परीक्षण समेत गराई  परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ।

 

प्रहरीले उद्वार गरिएका  बर्ष २३कि रीता गुरुङ ,बर्ष १५ की सौभाग्य गुरुङ, बर्ष १३ को सहज गुरुङ, बर्ष ११ की जेनिसा गुरुङ, बर्ष ७ को एरविन गुरुङ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x