काठमाडौ /
अन्लाईन जुवा संचालन गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।उनीहरुलाई लैनचौरबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो।

ठमेल स्थित LOD क्लव अगाडी घनश्याम अमगाईद्वारा सञ्चालित ठमेल होस्टलको पाँचौ तल्लाको २०४ नं. कोठामा Online जुवा सञ्चालन गर्ने गरेको सूचना प्राप्‍त भएपछि महानगरीय प्रहरी बृत्त, लैनचौरबाट प्रहरी टोली उक्त स्थानमा खटिई खानतलासी गर्दा उनिहरु पक्राउ परेका हुन।

उनिहरुको साथबाट Online जुवासँग सम्बन्धित नगद, चेक, बैंक भौचर लगायतका सामाग्रीहरु समेत बरामद गरेको ।

पक्राउ पर्नेहरूमा बाग्लुङ थाईवाङका राकेश कुमार क्षेत्री तथा भारत दिल्लीका जस्पाल सिंह रहेका छन् ।

बरामद सामाग्री:
सि.नं. बरामद सामाग्री संख्या रकम जम्मा
१) नगद रु.१,५५,०००।–
२) सानिमा बैंकको चेक थान-२ रु. ७४,०००।-
३) कुमारी बैंकका बिभिन्न
मिति तथा व्यक्तिका
नाम पठाइएका भौचरहरु थान-७ रु. ५,६५,०००।-
४) नेपाल इन्भेष्टमेण्ट बैंकका
बिभिन्न मिति तथा व्यक्तिका
नाममा पठाइएका बैक भौचरहरु थान-४ रु. १८,४९,०००।-
५) राष्ट्रिय वाणिज्य बैंकको मिति
२०७८।०४।१२ मा रेशम राईको
नाममा पठाइएको बैंक भौचरहरु थान-३ रु. ३२,०००।-
६) सानिमा बैंकको राकेश कुमार
क्षेत्रीको नाममा जम्मा गरेको भौचर थान-१ रु. २,००,०००।-
७) IME बाटट हरिकला थापाको
नाममा पठाइको भौचर थान-१ रु.५०,०००।-

बरामद सामाग्री: संख्या
१)मोवाइल (Mobile)
POCO Company थान- १
Huawei Company थान-१
Nokia Company थान-१
२)राकेश कुमार क्षेत्रीको नाममा जारी भएको नागरिकता थान-१
३)राकेश कुमार क्षेत्रीको नाममा रहेको पासपोर्ट थान-१
४)सट्टावाजीको लागि प्रयोग गरिने क्वाइन थान-८
५)सट्टावाजीका लागि प्रयोग गरिने सिक्का थान-१५
६)Ncell/NTC/Smart सिमहरू १।१।१ थान थान-३
७)Online Betting Table Paper थान-१२
८)Online Betting का लागि Rough
हिसाव किताव गरिएको पाना थान-४
९)हिसाव किताव गरिएको डायरी थान-१
१०)Calculator थान-१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय