पाल्पा /
जिल्ला अस्पताल पाल्पाका ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। कर्मचारीमा कोरोना देखिएपछि अस्पतालले आकस्मिकबाहेका सम्पूर्ण सेवा बन्द गरेको हो ।
अस्पतालमा कार्यरत निमित्त मेडिकल सुपरिडेण्टसहित ६ जना मेडिकल अधिकृत, एक पारामेडिक्स, एक ल्याव टेक्निसियन र एकजना डेन्टल सर्जन गरी ९ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
उनीहरुमध्ये एकजना अस्पतालमा अन्य ८ जना होम आइसोलेसनमा छन् ।अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिस बाहेकका सेवा पूर्णरूपमा बन्द गरिएको जनाएको छ ।