काठमाडौ /
यो वर्षको एसईई परीक्षा वैशाखमा हुने भएको छ ।कोभिडका कारण शैक्षिकसत्र पछि सरेकाले परीक्षाको मिति पनि पछि सरेको हो ।

गत वर्ष जेठ १३ बाट शुरू भएको थियो।यो वर्ष चैतसम्म अध्ययन गर्ने वातावरण तयार गरी वैशाखमा गर्ने गरी तयारी भइरहेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले चैतसम्म पठनपाठन गरी वैशाखमा एसईई गर्ने गरी छलफल भइरहेको बताए। उनले भने– ‘कुन मोडलमा कहिलेबाट गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’सरोकारवालासँग अनौपचारिक छलफल गर्दा वैशाखमा परीक्षा लिने विषयमा मन्त्रालयले तयारी गरेको उनको भनाइ छ ।

मन्त्रालयका अनुसार सो लगायत अन्य विषयमा छलफल गर्न आइतबार बोर्डको बैठक बोलाइएको छ ।मन्त्रालयले बोर्ड अध्यक्ष नियुक्ति गरेपछि उनको अध्यक्षतामा पहिलो बैठक बस्न लागेको हो ।यसअघि, बोर्डका सदस्य सचिव दुर्गा अर्यालसहितको बैठकले एसईई परीक्षाको मिति तय गर्ने विषयमा सरकारी विद्यालयका प्रधानाध्यापकसँग छलफल गरेको थियो ।

सो क्रममा प्रअहरूले चैतभर पठनपाठन गर्ने र वैशाखमा परीक्षा लिने गरी तयारी गर्नुपर्ने सुझाव दिएका थिए ।एक बोर्ड सदस्यका अनुसार एसईई परीक्षा चाँडोमा चैत अन्तिम नभए वैशाख पहिलो साता हुने गरी तयारी भइरहेको छ ।नेपाल समाचारपत्र दैनिकबाट

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x