
काठमाडौं/
नेपाल सरकारले बंगलादेशमा सम्पन्न ‘एभीसी एशियन सिनियर सेन्ट्रल जोन’ महिला भलिवल च्यालेन्ज कपको उपाधी विजेता नेपाली महिला टोलीलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। हिजो बुधबार बसेको मन्त्रिपरिषदले यस्तो निर्णय गरेको हो।
उपाधी विजेता १२ जना खेलाडीलाई जनही रु ५ लाख, दुई जना प्रशिक्षकलाई ३-३ लाख रुपैयाँ तथा एकजना अफिसियल्सलाई २ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो ।
नेपालले बंगलादेशको ढाकामा गत मंगलबार भएको फाइनल खेलमा उज्वेकिस्तानलाई ३-२ को रोमाञ्चक तथा संघर्षपूर्ण सेटमा जीत निकाल्दै उपाधी रक्षा गरेको थियो ।