काठमाडौ /
रातको समयमा ट्याक्सी प्रयोग गरि चोरी गर्ने ब्यक्तीहरु पक्राउ परेका छन् ।उनिहरुलाई महानगरीय अपराध महाशाखाबाट खटिएको बिशेष अनुसन्धान टोलीले पक्राउ गरेको हो।

चन्द्रागिरी न.पा. वडा नं. ०३ थानकोट स्थित बिशाल प्लाष्टोक्याव ई. प्रा.लि. को थानकोट स्थित कारखानाबाट अपरिचित व्यक्तिहरु प्रबेश गरि पाइप बनाउन प्रयोग हुने तामा र पित्तलबाट बनेको CAL SLEEVE(साइजर) ६ थान र तामाको पावर केबल तार समेत जम्मा मुल्य रु. १८,७६,४००।- बराबरको धनमाल चोरी गरी लगेको घटनामा अनुसन्धानको सिलसिलामा अपराध महाशाखाबाट खटीएको बिशेष अनुसन्धान टोलीले उनिहरुलाई पक्राउ गरेको हो।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

उक्त चोरी कार्यमा संलग्न राम पुनित महतो सहित ५ जना र निजहरुले चोरी गरी ल्याएका सामानहरु खरिद गर्ने कवाड पसल सञ्चालक सत्रुघन प्रसाद जैसवाल पक्राउ परेका हुन।

पक्राउ पर्नेहरूमा :
सिन्धुपाल्चोक लिसंखु -८ का ३१ वर्षीय रोशन उप्रेती सर्लाही बरहथवा -७ का ३३ वर्षीय राम पुनित महतो ,नुवाकोट लिखु -८ का ३६ वर्षीय राम बाघदास, सर्लाही वरहथवा -७ का ३२ वर्षीय राजु गुप्ता भन्ने राम बिश्वास महतो, सर्लाही बरहथवा -७ कै २६ वर्षीय अशोक कुमार महतो र भारत मोतिहारिका ५३ वर्षीय सत्रुधन प्रसाद जैसवाल रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय