• कार्तिक ९, २०८३ सोमबार
    26 Oct, 2026, Monday

    नेपाली महिला भलिबल टोलि दुई खेल जितेर, अंक तालिकाको शिर्ष स्थानमा


    २०७८ पुष ९, शुक्रबार

    २०७८ पुष ९, शुक्रबार

    काठमाडौं ।
    बंगलादेशको ढाकामा जारी ‘एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप’को महिलातर्फ नेपाली टोलीले लगातार दोस्रो जित निकालेको छ ।शुक्रबार माल्दिभ्सलाई सोझो सेटमा हराउँदै शिर्ष स्थानमा उक्लिएको हो ।

    एकपक्षीय जस्तै बनेको उक्त खेलमा साविक विजेता नेपालले माल्दिभ्सलाई २५-११, २५-९, २५-५ सेटमा हराएको थियो ।दुई जितपछि नेपाल ५ अंक जोडेर अंक तालिकामा शीर्ष स्थानमा छ ।

    नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३-२ को सेटमा जित हात पारेको थियो ।६ राष्ट्र सहभागी प्रतियोगितामा राउण्ड रोविन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

    सम्बन्धित