पहिलो जननिर्वाचित सरकार अपदस्थ गरिएको पुस १ गतेको दिनलाई ‘कालो दिन’का रूपमा मानिन्छ ।

२०१७ पुस १ मा राजा महेन्द्रले बिपी कोइरालाको नेतृत्वमा रहेको देशकै पहिलो जननिर्वाचित सरकार तत्कालीन शाही नेपाली सेनाको बलमा अपदस्थ गरेका थिए ।

उनले प्रधानमन्त्री कोइरालालाई बन्द बनाएर पञ्चायती शासनव्यवस्था सुरु गरेका थिए ।

प्रधानमन्त्री कोइरालालाई नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका बेला त्यहीँबाट पक्राउ गरिएको थियो । कोइरालालाई तीन महिनासम्म सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाएर राखिएको थियो ।

पुस १ गतेको घटनापछि बिपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरू गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचनलगायतलाई थुनिएको थियो ।

सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपीलगायत नेतालाई बन्दी बनाइयो ।

सुन्दरीजल जेलमा बिपीले साहित्यका कृति रचना गरेका थिए ।‘दोषी चश्मा’ कथासङ्ग्रह चाहिँ २००८ सालतिर प्रकाशन भइसकेको थियो । बाँकी साहित्यको रचनाका हिसाबले बिपीलाई बन्दीगृहको बसाइ उपलब्धि सावित भएको देखिन्छ ।बन्दीगृहबाट यौन मनोविश्लेषणवादी धाराका दर्जनौँ कृति नेपाली साहित्यले पायो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x