नुवाकोट।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) म्यागङको दोस्रो सम्मेलन सम्पन्न भएको छ।बुद्वी बहादुर तामाङको अध्यक्षतामा ५५ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो।
म्यागङको देउरालीमा भएको उक्त सम्मेलनबाट उपाध्यक्षमा क्रमशः राजकुमार थापा, सम्झना तामाङ र चिजा तामाङ, सचिवमा सोमबहादुर तामाङ ,सहसचिवमा ताबोन तामाङ र कोषाध्यक्षमा विरबहादुर घले चयन भएको छ।
त्यसैगरी उक्त सम्मेलनले सल्मान तामाङको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको उपाध्यक्ष राजकुमार थापाले नुवाकोट जागरणलाई बताएका छन् ।
यसैगरी क्षेत्रमा रामेश्वर खड्का र सुकसागरलाई चयन गरेको छ।