नुवाकोट।
जिल्लाको किस्पाङ गाउँपालिका काउलेमा एकदिने आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ।उक्त आँखा शिबिर किस्पाङ गाउँपालिका, काउले स्वास्थ चौकी र नेपाल रेडक्रस सोसाइटी काउले उपशाखाको आयोजनामा सम्पन्न भएको हो।
उक्त शिविरमा १४५ जनाले आँखा परिक्षण गराएका थिए जसमध्य २५ जना अप्रेसनका लागि छनौट भएका छ्न ।अप्रेसन को लागि छनोट भएका हरुको यहि मंसिर २७ र २८ गते सामुदायिक आँखा केन्द्रमा निशुल्क अप्रेसन हुनेछ भने बिरामीहरुको आवत जावत तथा खाने बस्ने ब्यबस्था गाउँ पालिकाले गर्ने भएको छ।