नुवाकोट।
जिल्लाको विभिन्न स्थानिय तहमा पुगेर कार्यालयले मंसिर १७ गतेदेखि फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ। ११ वटा स्थानीय तहको केन्द्रमा पुगेर दुई चरणमा मतदाता नामावली संकलन गरिने भएको हो।

पहिलो चरणमा छ स्थानीय तह र दोस्रो तहमा पाँच स्थानीय तहहरुमा मतदाता नामावली संकलन गरिने भएको छ ।

पहिलो चरणमा आगामी मंसिर १७ गतेदेखि २६ गतेसम्म ककनी गाउँपालिका, लिखु, शिवपुरी, किस्पाङ, दुप्चेश्वर र सुर्यगढीमा सञ्चालन हुनेछ । यस्तै, दोस्रो चरणमा बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, पञ्चकन्या, म्यागङ र तादीमा मंसिर २८ देखि पुष ८ सम्म मतदाता नामावली संकलन कार्यक्रम सञ्चालन हुनेछ ।

जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता भईरहेकाले विदुर नगरपालीकामा भने यो कार्यक्रम सञ्चालन हुने छैन ।

नामावली सङ्कलन अभियानमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकहरुको मतदाता नामावलीको विवरण सङ्कलन कार्य हुनेछ भने निर्वाचन आयोगले तोकेको मितिमा १८ वर्ष पूरा गरेका नागरिकहरुको नाम मतदाता नामावलीमा समावेश गर्नेछ ।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय